दोलखाको तामाकोशी गाउँपलिकामा चल्यो गोली, मतदान स्थगित

रामेछाप अनलाइन रेडियो

काठमाडौ । दोलखाको तामाकोशी गाउँपालिकास्थित कालापानी मतदान केन्द्रमा झडप भएपछि प्रहरीले हवाई फायर गरेको छ ।

नेकपा एमालेबाट मतदानका लागि खटिएका एजेन्टमाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेपछि कालापानी मावि जफे ख मतदान केन्द्रमा झडप भएको हो । विवाद र झडपले मतदानस्थल असान्त भएपछि प्रहरीले १९ राउन्ड हवाई फायर गरेको छ ।

सो घटनापछि निर्वाचनमा खटिएका मतदान अधिकृत र कर्मचारीलाई सुरक्षा दिएर एउटा कोठामा राखिएको छ भने प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

झडप भएपछि मतदान प्रक्रिया दिउँसो १ बजेर ५० मिनेटदेखि नै रोकिएको छ । जफे पुर्वमन्त्री एवम् नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेल तथा नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा १ तर्फ उम्मेदवार बनेका कुन्दनराज काफ्लेको गृह गाउँ पनि हो ।
यो पनि पढ्नु होस्: दोलखाको वैतेश्वर गाउँपालिका जनज्योति मावि मतदान केन्द्रमा चल्यो गोलि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!