रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिका वडा नम्बर ४ बिजुलीकोट मतदान केन्द्रमा एक बृद्धाको मृत्यु भएको छ।
लिखु तामाकोसी गाउँपालिका वडा नम्बर – ४ बिजुलीकोट स्थित भृङ्गेश्वर मावि कोटगाउँ मतदान केन्द्रमा मतदानपछि सोही वडाका ७१ वर्षीय ठग बहादुर सुनुवारको मृत्यु भएको हो।
मतदान केन्द्रमै अचानक बेहास भई ढलेपछि उनलाई गाउँपालिकाका अध्यक्ष केशव महतले उद्धार गरी उपचारका लागि अस्पताल लैजाँदै गर्दा सुनुवारको बाटोमा मृत्यु भएको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष केशव महतले जानकारी दिनु भयो ।
Post Views: 17
Discussion about this post