रामेछापमा मतदान गरेर घर फर्किदै गरेका २ युवकमाथि कुटपिट, दुबैको अवस्था गम्भिर

रामेछाप अनलाइन रेडियो

रामेछाप । रामेछापमा मतदान गरेर घर फर्किदै गर्दा २ युवाहरुमाथि कुटपिट भएको छ ।

रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ८ डुम्रिखर्क भन्ने ठाउँमा मतदान गरेर मोटरसाईकलमा घर फर्किदै गरेका वर्ष २१ का गोविन्द सुवेदी र वर्ष ४१ का देविलाल सुवेदीमाथि कुटपिट भएको हो ।

स्थानीय सल्ले गाउँका ४ जना जना युवकहरुले उनीहरुमाथि कुटपिट गरेको वडा नं ८ का निवर्तमान वडाअध्यक्ष केदार कार्कीले जानकारी दिनुभयो ।

उहाँको जानकारी अनुसार घाइतेहरुको खुट्टा र टाउकोमा गहिरो चोट लागेको छ । उनीहरुको जिल्ला अस्पताल रामेछाप उपचार भइरहे पनि थप उपचारका लागि काठमाडौँ रेफर गर्ने तयारी भइरहेको छ ।

घटना के कारणले भएको हो भन्ने बारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले बताउनुभयो । घटनामा संलग्न १ जनालाई पक्राउ गरिएको छ भने ३ जना फरार छन् । यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख राजकुमार थिङले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!