रामेछापमा क्रियापुत्री बसेका २ दाजुभाइले गरे मतदान

रामेछाप । रामेछापको पुरानागाउँमा क्रियापुत्री बसेका २ जना दाजुभाइले पनि मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।

मन्थली नगरपालिका –९ पुरानागाउँमा क्रियापुत्री बसेका नीलकण्ठ पुरी, प्रकाश पुरी र उनीहरूका श्रीमतीसहितले मतदान गरेका हुन् ।उनीहरूले मन्थली नगरपालिका–९ पुरानागाउँ वडा कार्यालय मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरूलाई भोट दिएका छन् ।

उनीहरूलाई मतदान केन्द्रका कर्मचारी, सुरक्षाकर्मीहरूले आफ्नो संस्कार अनुसार कसैलाई नछोई भोट हाल्ने वातावरण बनाईदिएको थियो । रामेछापमा ९६ मतदानस्थलहरुमा २२६ मतदान केन्द्रमै उत्साहजनक रूपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जनाएको छ ।

जिल्लाभर मध्यान्ह १२ बजेसम्म ३० हजार भन्दा बढी मत खसिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा यो निर्वाचनमा कुल एक लाख ८० हजार १०६ जना मतदाता छन् ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading