प्रहरीले यी पाँच जिल्लाम चलायो गोली

रामेछाप अनलाइन रेडियो

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन अन्तर्गत देशैभर मतदान जारी छ ।

बिहान ७ बजेबाट मतदान सुरु भएको थियो । देशका विभिन्न स्थानमा मतदान रोक्ने प्रयास भएपछि प्रहरीले पाँच जिल्लामा हवाई फायर गरेको छ ।

प्रहरीले रौतहट, सिराहा, चितवन, दोलखा र बाजुरामा गोली चलाएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए ।

मतदान रोक्ने प्रयास र झडपको स्थिति सृजना भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि गोली चलाएको डीआईजी राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!