नेकपा एमाले अध्यक्ष ओलीले गरे मतदान

रामेछाप अनलाइन रेडियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरबाट मतदान गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले सूर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रबाट मतदान गरेका हुन् ।

झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका ओलीले आफुलाई भने मतदान गर्न पाएनन् । मतदाता नामावली भक्तपुरमा रहेकाले उनले आफुलाई मतदान गर्न नपाएका हुन् ।

अघिल्लो निर्वाचनमा झापा–५ बाटै निर्वाचित भएर प्रधानमन्त्री भएका ओली यसपटक पुन: प्रधानमन्त्रीको दाउमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!