दोलखाको तामाकोसी गाउापालिका अमर मावि केन्द्रमा हवाई फायर

रामेछाप अनलाइन रेडियो

काठमाडौ । दोलखाको तामाकोसी गाउापालिका वडा नं. २ स्थित अमर मावि भतरेचौर मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ । उक्त घटनापछि मतदान स्थगित भएको छ ।

एकैचौटी धेरै मतदाता मतदान स्थलभित्र छिर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो । उक्त भिडले प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि पेस्तोलबाट एक राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।

सो मतदान स्थलमा प्रहरी नायव निरीक्षक (सई) को नेतृत्वमा ७ जनाको टोली खटिएको थियो । उक्त घटनापछि तामाकोसी गाउापालिकाबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप १० जनाको टोली झिकाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!