रामेछाप । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा रामेछापमा १०१ वर्षका वृद्धाले मतदान गरेका छन् ।
रामेछाप नगरपालिका वडा नम्बर – ७ सुकाजोरस्थिति हिलेपानी मतदानस्थलमा नरबहादुर कार्कीले मतदान गरेका हुन् । कार्की २००७ सालदेखि उनले चुनावमा मतदान गर्दै आएका छन् । उनले यसपाली पनि मतदान गर्न पाउँदा खुसी लागेको बताएका छन् ।
रामेछापमा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र ५ जनासहित २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रदेशसभा १ मा ११ जना र प्रदेशसभा २ मा १२ जना उम्मेदवार मैदानमा छन् । रामेछापमा १ लाख ८० हजार १०६ जना मतदाता छन् ।
Discussion about this post