रामेछापमा शान्तिपूर्ण रुपमा मतदान हुँदै

रामेछाप अनलाइन रेडियो

रामेछाप । रामेछापमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ ।

जिल्लाका ९६ वटा मतदानस्थल र २ सय २८ वटा मतदान केन्द्रमा मतदान सुरु भएको हो । सबै मतदान केन्द्रमा आज विहान ७ बजेदेखि मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले जानकारी दिएको छ।

मतदान गर्नको लागि मतदाताहरु मतदान केन्द्रमा भिड लागेको छ । चुनावमा रामेछापबाट यस पटक १ लाख ८० हजार १०६ मतदाता रहेका छन् ।

निर्वाचनको लागि अधिकांश मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएकाले ढुक्क भएर मतदान गर्न जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!