सिरहामा जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप ३ राउन्ड हवाई फायर

काठमाडौ । जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस भएपछि सिराहामा प्रहरीले हवाई फायर गरेको छ ।

सिराहाको कर्जन्हा नगरपालिकाका ६ को जनता मावि बडहरामाल दुबै पार्टीका कार्यकर्ताले मतपेटिका खोसाखोस गरेपछि प्रहरीले ३ राउन्ड हवाई फायर गरेको हो ।

स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीले बताए । मतपेटिका तानातानले केहीबेर तनाव भए पनि अहिले भने मतदान सुचारु भएको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!