काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले मतदान गरेका छन् । भट्टराईले ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नारायणी मावी केन्द्रबाट पहिलो मतदान गरेका हुन् ।
एकमात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङबाट उनी प्रतिनिधिसभा उम्मेदवार छन् । भट्टराई अघिल्लो निर्वाचन २०७४ मा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले निर्वाचनले लोकतन्त्रलाई अझ सुदृढ बनाउने बताए ।
Post Views: 6
Discussion about this post