कुन-कुन परिचयपत्रबाट भोट हाल्न पाइन्छ ?

रामेछाप अनलाइन रेडियो

काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा परिचय खुल्ने कागजात भएमा भोट हाल्न पाइने बताएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपुर्जा, सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाण भएमा भोट हाल्न पाउने भएका हुन् ।

आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए पनि कतिपय मतदाताको परिचयपत्र हराएको र नाशिएको अवस्था भएमा उल्लेखित परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!