दोलखा भीमेश्वर मन्दिरमा चोरीको प्रयास गर्ने एक युवक पक्राउ

रामेछाप अनलाइन रेडियो

रामेछाप । दोलखाको भीमेश्वर मन्दिरमा चोरीको प्रयास गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नम्बर १० खोपासीका २५ वर्षिय रविन खुलाललाई प्रहरीले पक्राउ गरेको हो ।

आज बिहान साढे ३ बजेको समयमा भीमेश्वर मन्दिर परिसरको चन्दाको बाक्सा उचाल्ने, बाक्सा काट्ने प्रयास गर्ने युवकलाई पक्राउ गरिएको भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको जानकारी अनुसार पक्राउ परेको खुलाललाई इलाका प्रहरी कार्यालय दोलखामा राखिएको बताउनु भयो । पक्राउ परेका खुलालमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!