राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव घिसिङलाई आयोगले सोध्यो स्पष्टीकरण

रामेछाप अनलाइन रेडियो

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङसँग स्पष्टीकरण मागेको छ। नेकपा माओवादी केन्द्रको चुनावी प्रचारप्रसारमा संलग्न भएको भन्दै आयोगले घिसिङसँग स्पष्टीकरण मागेको हो ।

तपाईं राष्ट्रिय खेलकूद परिषद्‍को सदस्य सचिव रहेको व्यक्ति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को चुनावी अभियानमा हिँडेको तथा रामेछाप जिल्लाको कार्यक्रममा सहभागी भएको भनी उजुरी परेको हुँदा यो देहायको विषायमा स्पष्ट खलाई पेश गर्न स्पष्टीकरण पत्र भनिएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न हुँदैन ।

तपाईंले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रचारप्रसार गरेको भएमा उक्त कार्यले निर्वाचन आचारसंहिता, २०७९ र प्रचलित निजामति सेवा सम्बन्धी कानून समेतको उल्लंघन हुने हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!