विकासको सपना देख्ने पार्टी नेकपा एमाले,रत्न प्रसाद गौतम

रामेछाप । नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य रत्नप्रसाद गौतमले मङ्सिर ४ मा आपराधिक मानसिकता बोकेको गठबन्धनले जित्यो भने विकास र समृद्धिका सपना समाप्त हुने बताउनुभएको छ ।

नेकपा एमाले निर्वाचन परिचालन कमिटी रामेछापले मंगलबार रामेछापको खाँडादेवी गाउँपालिकाको गोगनपानीमा आयोजना गरेको चुनावी सभामा बोल्दै गौतमले गठबन्धनमा कुनै सोच र दृष्टिकोण भएका नेता नभएको बताउनुभयो । नेकपा एमाले सिद्धान्तको हिसाबले नेता पार्टी हो, त्यसैले जनताको हरेक सुख दुःखमा एमाले जोडिन्छ’, उहाँले भन्नुभयो ।

एमालेको उद्देश्य नै जनताको सेवा भएको उहाँले बताउनुभयो । एमाले जनताको मुक्तिमा समर्पित पार्टी भएको उहाँले प्रष्ट पार्नुभयो । ‘विकासको सपना देख्ने पार्टी नेकपा एमाले, त्यसको नेता केपी ओली हो’, उहाँले भन्नुभयो ।

एमालेले युवालाई विदेशमा काम गर्ने श्रमिक होइन, देशमै उद्योगका मालिक बनाउने योजना अघि सारेको उहाँले बताउनुभयो । त्यसैले देशलाई समृद्ध बनाउन एमालेको जीत जरुरी रहेको उहाँले प्रष्ट पार्नुभयो ।

गौतमले गठबन्धनका नेताहरू मतदातालाई किनेर चुनाव जित्न आएका उहाँले बताउनुभयो । गलत मानिसहरूले चुनाव जित्दा नागरिकले दुर्दशा भोग्नु पर्ने तर्फ उहाँले सचेत गराउनुभयो । ‘जनतालाई किनबेच गर्न चाहने गठबन्धनका उम्मेदवारलाई जुरुक्कै उठेर हराउनुपर्छ’, गौतमले भन्नुभयो ।

गठबन्धनको विरुद्ध लाग्दा आइ पर्ने सबै खालका अप्ठेरोलाई पार गर्दै अघि बढ्न उहाँले मतदातालाई आह्वान गर्नुभयो । यो अप्ठेरोमा एमाले र त्यसका नेता सधैँ साथमा रहेका उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!