भक्तपुरमा ट्याङ्कर र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

रामेछाप अनलाइन रेडियो

काठमाडौ । भक्तपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बा ४ ख ४२ ६८ नम्बरको पानी ट्याङ्कर र बागमती प्रदेश ०२–०३१ प ७८६२ नम्बरको मोटरसाइकल गए राति भक्तपुर नगरपालिका वडा–१ नगरकोट मोडमा एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीका साजन दुवारीको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार झापाको विर्तामोड नगरपालिका–२ घर भएका भइ भक्तपुरको मध्यपुर थिमी बस्दै आएका अनिल साह घाइते भएका छन् । उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्याङ्कर चालक भक्तपुरको ब्यासीका प्रवीण सुवाल पक्राउ परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!