काठमाडौ । शिक्षक सेवा आयोगले कार्य सम्पादन मुल्याङ्कनको आधारमा बागमती प्रदेशको माध्यमिक तह द्धितीय श्रेणी शिक्षक बढुवाको नामावली प्रकाशित गरेको छ ।
शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, बागमती प्रदेशको निर्णय अनुसार शिक्षक बढुवाको नामावली प्रकाशित गरेको हो ।
बढुवाका लागि निवेदन दिएका उम्मेदवारहरु मध्ये शिक्षक सेवा आयोग नियमावली २०५७ को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकहरुको नमावली प्रकाशित गरीएको आयोगले जनाएको छ ।
बढुवा सिफारिस समितिले गरेको निर्णय उपर चित्त नबुझेमा सूचना प्रकाशित भएको ३५ दिनभित्र उजुरी दिन सकिने समेत आयोगले जनाएको छ ।
Discussion about this post