राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेकाे गाडी ताेडफाेड

रामेछाप अनलाइन रेडियो

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकाे गाडी ताेडफाेड भएकाे छ । चितवनमा घरदैलाेकाे क्रममा रहेकाे सभापतिकाे गाडीमाथि आइतवार ताेडफाेड भएकाे पार्टीले जनाएकाे छ ।

निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनुपर्ने भए पनि सरकार मूकदर्शक बनेकाे पार्टीकाे आराेप छ । राजनीतिमा यो किसिमका अलोकतान्त्रिक चरित्रलाई परास्त गर्नुपर्ने पार्टीकाे धारणा छ ।

‘शान्ति, सुरक्षा कायम गर्नमा राज्य सञ्चालनमा बसेकाहरूको असक्षमता फेरि एक पटक उदाङ्गो भएको छ । हाम्रा पाइलाहरू रोक्न जे जस्तो प्रहार भए पनि हामी रोकिन्नौँ’, पार्टीले भनेकाे छ । गाडीमाथि कसले ताेडफाेड गर्‍याे भन्ने थाहा भएकाे छैन ।
हेर्नुस् तोडफोड गरेको भिडियो:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!