भक्तपुरमा कार र मोटरसाइकल एक आपासमा ठोक्किँदा एक पुरुषको मृत्यु

रामेछाप अनलाइन रेडियो

काठमाडौ । भक्तपुरमा कार र मोटरसाइकल एक आपासमा ठोक्किँदा एक पुरुषको मृत्यु भएको छ ।
भक्तपुरको सल्लाघारीमा सनिवार बेलुकी कोटेश्वरबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६ च ८१५ नम्बरको कार र भक्तपुरबाट फर्किदै गरेको बा २८ प ७३९२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा काभ्रेको पाँचखाल नगरपालिकाका सन्दीप बस्नेतको मृत्यु भएको हो ।
बस्नेतको उपचारका क्रममा इवामुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!