एजेन्ट पुष्कर धामी र नेपाली दुताबास कुवेतका रेवन्त केसी कै मिलेमतोमा दुःख पाए ७ नेपाली कामदारले

काठमाडौं । सुन्दर भविष्यको सपना बाेकेर रोजगारीको सिलसिलामा कुवेत पुगेर अलपत्र भएका ८ नेपालीहरु बिहिवार स्वदेश फर्केका छन् । उनीहरुलाई उद्धार गरि स्वदेश फिर्ता गरिएको छ । भने जस्तो काम र कम्पनीमा खाना समेत नपाएपछि उनीहरुले नेपाल फर्कन चाहेपछि निगरानी दैनिकका संचालक/ सञ्चारकर्मी जीवन शर्माको पहलमा उनीहरु स्वदेश फर्किएका हुन ।नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुले दुई महिना हुँदा समेत तलब नपाएपछि दैनिकी समस्याग्रस्त बनेको थियो ।

एक महिना १५ दिनको तलब आएकाे जानकारी पाउँदा एक छिन् त खुसी भए। तर त्यो खुशी केही सेकेन्डमै दुःखमा परिणत भयो। किन, कि बेसिक तलब ८५ के डि ८ घन्टाको थियाे। दैनिक रुपमा उनीहरुले १३/१४ घण्टा काम गरेका थिए उनीहरूको आकलन पनि राम्रै ओभरटाइम आउँछ भन्ने थियो तर त्यो सम्झौता अनुसारको थिएन ।

कुवेत स्थित रोजगारता कम्पनी ग्लोबल टाइम्स कुवेतमा पटक पटक ताकेता गर्दा पनि समस्या समाधान नभएपछि गुजारा चलाउन हम्मे-हम्मे परे सँगै कामदारहरुले नेपाली दुतावास गुहारेका थिए ।

नेपाली दूतावास कुवेतमा समस्या बारे जानकारी गराए पनि दुतावासले चासो नदिदा उनीहरु थप बिलखबन्द परे । त्यसैमाझ उनीहरुले निगरानी दैनिकलाई संपर्क गरि आफनो समस्या बारे अवगत गराए । उक्त खबर प्राप्त गर्ना साथ निगरानी दैनिकले नेपालबाट उनीहरुलाई कुवेत पठाउने धर्म ओभरसिज प्रा. लि. लाई संपर्क गरि उद्धार र क्षतिपुर्तीका निम्ती पहल गर्यो ।

ओभरसिज सकारात्मक भए पनि कुवेत स्थित नेपाली दुतावास र रोजगारदाता कम्पनीले अग्रसरता नदेखाउदा उद्धारका निम्ती सास्ती र थप समय खर्चनु परेको निगरानी दैनिकका अध्यक्ष जीवन शर्माले बताए ।

धर्म ओभरसिज प्रा. लि. बसुन्धरा काठमाडौँबाट कुवेत पुगेका २० जना मध्ये यस अघि १ महिला नेपाल फर्कि सकेकी छिन्। उनि नेपाल फर्के पछि मेनपावरमा बुझाएको रकम भने फिर्ता भएको छ। धर्म ओभरसिजले अन्य पिडितको समेत रकम फिर्ता गर्ने बताएको छ ।

ग्लोबल टाइम्स कुवेतमा कार्यरत बाँकी ११ जनाकाे समस्या भने जटिल रहेकाे नेपाल एक युवाले जानकारी दिएका छन् । उनीहरुको समेत उद्दारको निम्ती प्रयास जारी रहेको शर्माले बताए ।

यतिबेला नेपाली दूतावास कुवेतको काम र जिम्मेवारी प्रति नै प्रश्नचिन्ह खडा भएको छ।
कम्पनीको काममा आएका कामदारको समस्या समाधान गर्न नसक्दा यो स्थिति भएको हो।

श्रम- सहचारीको जिम्मेवारी भन्दा पनि माथि गएर दूतावास कै अर्को कर्मचारी तृतीय सचिव रेवन्त केसी र कुबेत कै एजेन्टसँग मिलेर काम गर्दा यो दुर्दशा भएको हाे भनेर नेपाल फर्केका पीडित कामदारले भने ।

नेपाली दूतावासको रेवन्त केसीलाई फोन गर्दा बारम्बार फोन नगर फोन गरिस भने तिनीहरूलाई अझै तीन/ चार महिना कुवेतमा नै राखिदिने भनेर धम्काएर समेत पीडितले भने।

नेपाली दूतावासका श्रम सहचारी भन्दापनि भन्दा पनि गैरजिम्मेवारीपूर्ण काम रेवन्त केसीबाट गरेको पिडितले जानकारी दिए।

नेपालबाट कुवेत हामीहरुलाई यहाँसम्म ल्याउन रेवन्त केसी र पुष्कर धामीको नै हात रहेको उनीहरुको मिलेमताेमा काम भएकाे हाे भनेर भने।

एति धेरै ठूलो समस्या हुँदा समेत नेपाली दुताबास कुवेतका राजदुत कुनै पनि कम्पनीमा भ्रमण नगर्ने राजदूतमाथि नै प्रश्नचिन्ह खडा हुन्छ।

कुवेतको नेपाली समाजमा हुने हरेक कार्यक्रममा राजदूत रिबन काट्न पुग्छन् भने कुनै पनि कम्पनी समस्या परेको ठाउँमा अहिले पुगेको देखिएन।

यसरी पीडितलाई दुःख दिँदै पाँच महिनापछि नेपाल फर्काइयो। नेपाली दूतावास कुवेतले कुवेतको कम्पनीमा न वार्तालाप नै गर्न सक्यो न त पिडित कामदारको पासपोर्ट नै फिर्ता गरेर नेपाल पठाउन सक्यो।

यात्रा कागजात (travel document) जेल राखेर नेपाल पठाउन मात्रै नेपाली दूतावासले एउटा भुमिका भूमिका खेलेको छ।

पीडित कामदारको पासपोर्ट कम्पनीसँग मागेर नेपाली दूतावास कुवेतले किन दिन सकेन त? जब एउटा कम्पनीसँग यति समस्या हुँदा समेत नेपाली दूतावास कुवेत पीडित कामदारकाे पक्षमा न्याय लड्न सक्दैन भन्ने दूतावास छ भन्नु बेकार छ।

न्यायको लागि पीडित कामदार नेपाली दुताबास कुबेतको ढोका ढक्ढकाउन पुगदा जेल बसेर जेल बसेर जेलबाट हत्कडी लगाएर कुवेतको अन्तर्राष्ट्रियतर्फ सम्म आँउछ।

कुनै पनि कम्पनी भिजिटै नगरी चिने जानेकै भरमा डिमान्ड पास गर्नु नै अहिले अाएर गलाकाे पासाे भएकाे छ। धेरै समस्या पर्दा समेत पीडित कामदार बसेको ठाउँमा दूतावासबाट भर्मण नगर्नु गैर जिम्मेवारपूर्ण देखिन्छ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!