रामेछापमा मध्यरातमा कार्यकर्तासँग गठबन्धन उम्मेदवार कान्छारामको गन्थन, ‘माल आयो की आएन ?’ हेर्नुस् भिडियो सहित

रामेछाप । रामेछापमा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका पूर्णबहादुर तामाङ (कान्छाराम)को एउटा गोप्य भिडियो सार्वजनिक भएको छ ।

करिब ४५ सेकेण्डको उक्त भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भिडियोमा (कान्छाराम) तामाङले रातीको समयमा आफ्ना कार्यकर्तासँग भेट गर्दै ‘माल आयो की आएन ?’ भन्दै कुराकानी गरेका छन् ।

उम्मेदवार तामाङले माला ग्रहण गर्दै ‘माल आयो की आएन ?’ भन्दै कार्यकर्तालाई प्रश्न गरेका छन् । कार्यकर्ता मध्ये एक जनाले आएन भन्दै उत्तर दिन्छन् । काँग्रेसकै कार्यकर्ताले राती खिचेको उक्त भिडियोमा कार्यकर्ताहरूले कान्छारामलाई माला लगाउँदै गरेका छन्

‘अध्यक्ष (अँ…) रामचन्द्र जीले मसँग धेरैपटक भन्नु भएको थियो, माल आयो की आएन, माल ?’ कान्छाराम प्रश्न गर्छन् । उत्तर दिने एक जनाले ‘आएको छैन’ भन्छन् । सँगै अर्का एक व्यक्ति बोल्छन्, रामचन्द्र दाई र म नै गएको दुबै चोटी भेट भएन ।’

यति वार्तालाप भएपछि कान्छाराम आफैँले ‘भिडियो अफ गर, भिडियो सिडियो अफ गर बाबु’ कान्छारामले ती भिडियो खिचिरहेका कार्यकर्तालाई भन्छन् । उनको यो भनाइबाट पनि ‘माल’को अर्थ पैसा वा मोटो रकम पर्ने अरु कुनै भौतिक बस्तु हो भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

हेर्नुस् भिडियो

 

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!