एमाले दोलखाले घरदैलो कार्यक्रममा तिव्रता

काठमाडौँ । आगामी मंसिर ४ मा हुने निर्वाचनलाई  लक्षित गरी  नेकपा एमाले दोलखाले घरदैलो कार्यक्रममा तिव्रता दिएको छ ।

आगामी मंसिर ४ मा हुने चुनाव लक्षित गरेर नेकपा एमाले दोलखाले नयाँ कार्यक्रम तथा अभियान घोषणा गरेको सँगै पार्टीले घरदैलो कार्यक्रमहरुलाई तिव्रता दिएको एमाले दोलखाका कार्यवाहक अध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिनुभयो ।

आगामी मंसिर ४ मा हुने चुनावलक्षित गरेर नेकपा एमाले दोलखाले नयाँ कार्यक्रम तथा अभियान घोषणा गरेको छ । पार्टीले जिल्लाका सबै ५१ हजार परिवारलाई भेट्ने लक्ष्यसहित ४८ हजार घर पुगौं, ५१ हजार परिवार भेटौं अभियान सुरु गरेसँगै पार्टीका नेता तथा कार्यकर्ताहरुले घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।

अभियान आज तामाकोशी गाउँपालिकाका वडा नम्बर एक भिरकोटबाट सुरु भइ किर्ने, मालुखोला बजारमा सम्पन्न भएका छन् । अभियानमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालकृष्ण शिवाकोटी, प्रदेश सभा क का उम्मेदवार नरबहादुर श्रेष्ठ, एमालेका पोलिटव्युरो सदस्य पार्वत गुरुङ लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यसैगरी प्रदेश ख मा शैलुङ गाउँपालिकाका वडा नं. ४ तथा ५ मा प्रदेश सभा उम्मेदवार भरत केसी सहितको टोलीले घरदैलो कार्यक्रम गरेको नेकपा एमाले दोलखाले जनाएको छ । यसैगरी प्रत्येक पालिकामा नेता तथा कार्यकर्ताहरुले अभियान सञ्चालन गरिरहेको एमाले दोलखाले जानकारी दिएको छ । जिल्लाका सबै ५१ हजार परिवारलाई भेट्ने लक्ष्यसहित हिजोबाट घरदैलो अभियान सुरु भएको हो ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading