काठमाडौँ । दोलखाको जिरी नगरपालिका एमालेमय भएको छ । जिरीमा लामो समय कम्युनिष्ट राजनीति गरेका शैलेन्द्र कुमार खड्का एमाले पार्टीमै फर्किएका छन् । उनि २०५४ को स्थानीय निर्वाचनमा जिरी गाविसको अध्यक्षसमेत भएका थिए ।
नेकपा एमाले दोलखाले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन लक्षित गरेर चुनावी अभियानलाई तिव्र वनाएको छ । यसै अभियानका क्रममा जिरीमा भएको चुनावी कार्यक्रममा खड्का एमाले प्रवेश गरेका हुन् । एमालेमा प्रवेश गर्दै उनले समाजवादी पार्टी कम्युनिष्ट नभएको जिकिर गरेका छन् ।
एमालेले आयोजना गरेको चुनावी सभामा नेपाली कांग्रेस तथा समाजवादी छाडेर ५ दर्जनबढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । समाजवादीबाट मोहन कुमारी खड्का, प्रज्वल खड्का परशुराम दहाल तथा नेपाली कांग्रेसबाट पुराना कांग्रेसका नेता इन्द्रबहादुर नेपालीसहित दर्जनौ नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको पत्रकार प्रभु जिरेलले जानकारी दिए ।
जिरी नगरपालिकाको वडा नं. ३ को हाँडिखोलामा आइतबार विहान भएको कार्यक्रममा एमाले दोलखा प्रतिनिधि सभा सदस्य उम्मेदवार वालकृष्ण शिवाकोटी, प्रदेश क उम्मेदवार नरबहादुर श्रेष्ठ, प्रदेश समानुपातिक उम्मेदवार उर्मिला सुनुवार, एमाले लेखा आयोग सदस्य शान्ती पाख्रिन, प्रदेश निर्वाचन परिचालन कमिटि क का संयोजक इश्वरचन्द्र पोखरेल लगायतले आफ्नो भनाइ राख्दै समुन्नत जिरी निर्माणका लागि एमालेलाई सूर्य चिन्हमा मतदान गरी विजयी गराउन आग्रह गर्नुभयो ।
Discussion about this post