रामेछापमा ट्याक्टर दुर्घटना एकको मृत्यु ३ जना घाइते

रामेछाप अनलाइन रेडियो

रामेछाप । रामेछापमा ट्याक्टर पल्टिदाँ एक जनाको मृत्यु भएको छ। उमाकुण्ड गाउँपालिका वडा  नं ५ प्रितीको संसारीडाँडा भन्ने ठाउँमा लिखु नदीमा लागेको बेनीमेलामा गएर फर्किदै गरेको लु ३ त २४९९ नम्बरको ट्याक्टर रोकेर सामान झार्ने बेलामा पल्टीदाँ स्थानीय प्रेमबहादुर सुवुवारको मृत्यु भएको प्रितीबाट प्रहरी हावल्दार प्रसान्त तामाङ्ले जानकारी दिनु भयो ।

उहाँको अनुसार ट्याक्टर पल्टीदाँ दुर्घटनामा परिचय नखुलेका अन्य तिन जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था सामान्य र एक जनाको अवस्था गम्भीर रहेको बताउनु भयो ।

सामान्य घाइते दुई जना स्थानीय प्राथामिक अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् भने गम्भीर घाइते एक जनालाई उपचारको लागि काठमाडौं पठाउने तयारी भैरहेको बताउनु भयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!