दोलखाको कालिञ्चोक गाउँपालिका–७ का नेकपा एसका अध्यक्ष गोले र माओवादी केन्द्रका नेता तामाङ एमालेमा प्रवेश

रामेछाप अनलाइन रेडियो

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कालिञ्चोक गाउँपालिका वडा नं. ७ का अध्यक्ष कृष्ण गोले र नेकपा माओवादी केन्द्र कालिञ्चोक गाउँपालिका कमिटीका नेता रमाई तामाङ नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

बिहीबार आयोजित एक कार्यक्रममा उहाँहरूले नेकपा एस र माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको हो । उहाँहरूको साथमा अन्य केही नेता–कार्यकर्ता पनि एमाले प्रवेश गर्नुभएको छ । नेकपा माओवादी र नेकपा एसलगायत दलहरूको गठबन्धन जनहित र राष्ट्रहितविरुद्ध लागेको निष्कर्षसहित आफूहरू एमालेमा प्रवेश गरेको उहाँहरूले बताउनुभएको छ ।

नेकपा एमालेले राष्ट्र र राष्ट्रियताको पक्षमा लिएको अडान, जनजीवीका र सामाजिक सुरक्षाको क्षेत्रमा गरेको उल्लेखनीय र महत्वपूर्ण कामले आफूहरू नेकपा एमालेप्रति आकर्षित भएको उहाँहरूको भनाइ छ ।

पछिल्लो समय दोलखामा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेको लहर बढेको छ भने गठबन्धन दलहरूभित्र आन्तरिक तनाव र द्वन्द्व बढ्दै गएको छ । यसले दोलखाको तीन वटै सीटमा एमालेको जित थप सुनिश्चित गर्दै लगेको छ । दोलखामा एमालेविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी (जसपा)को संयुक्त गठबन्धन छ ।

तर, जनता र मतदाता एमालेको पक्षमा भएको र गठबन्धनविरुद्ध सहजै जित हासिल गर्ने एमालेको विश्वास छ । एमालेकातर्फबाट दोलखा प्रतिनिधिसभा सदस्यमा बालकृष्ण शिबाकोटी र प्रदेश सभा (क) मा नरबहादुर श्रेष्ठ तथा प्रदेश सभा (ख) मा भरतबहादुर केसी उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!