एमालेले अध्यक्ष ओली भोलि दार्चुला जादै,चुनावी सभा पश्चिम नेपालबाट सुरु गर्ने

काठमाडौ । नेकपा (एमाले)ले चुनावी सभा पश्चिम नेपालबाट सुरु गर्ने भएको छ ।एमालेले दार्चुलाको खलङ्गामा शुक्रवार चुनावी सभा गरेर अभियान सुरु गर्ने भएको हो । चुनावी अभियानको सुरुवातका लागि एमाले अध्यक्ष केपी शर्मा ओली शुक्रवार नै दार्चुला जाँदै हुनुहुन्छ ।

उहाँले शुक्रवार नै बैतडी र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ । अध्यक्ष ओलीले चुनावी सभामा सहभागी हुन हेलिकोप्टर प्रयोग गर्न एमालेले निर्वाचन आयोगबाट अनुमति लिइसक्नुभएको छ ।

सुदूरपश्चिम पश्चात् अध्यक्ष ओलीले कर्णालीका सुर्खेत र दैलेखमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उहाँ लुम्बिनी जानुहुने उहाँको सचिवालयले जनाएको छ  ।अध्यक्ष ओली कम्तीमा १८ देखि २७ कात्तिकसम्म जिल्लाका सभाहरूमा सहभागी हुने कार्यक्रम एमालेले जनाएको छ ।

एमाले केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टका अनुसार ओलीले ९ दिनमा कम्तीमा ४० जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने गरी प्रारम्भिक कार्य तालिका तय भएको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading