आज मंगलबार सुनको भाउ बढ्यो, कति छ आजको मूल्य ?

रामेछाप अनलाइन रेडियो

काठमाडौँ। नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाला सुनको १ सयले बढेर मूल्य प्रति तोला ९३ हजार १ सय रुपैयाँ कायम भएको छ।

सोमबार छापावाला सुन प्रति तोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!