काठमाडौं बागबजारमा घरको झ्यालबाट खसेर २ वर्षकी बालिकाको मृत्यु

रामेछाप अनलाइन रेडियो

काठमाडौं । काठमाडौंको बागबजारमा आफ्नै घरको पाचौं तलाबाट खसेर एक बालिकाको मृत्यु भएको छ।
बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौं तलाको झ्यालबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु भएको हो ।

झ्यालबाट खसेर घाइते भएकी दुई वर्षीया रियासा महर्जनको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । उपचारका क्रममा सोमबार बिहान करिब पौने १ बजे रियासाको मृत्यु भएको काठमाडौं प्रहरी कार्यालयका एसपी दिनेश मैनालीले बताए ।उक्त घटनाबारे प्रहरी वृत्त कमलपोखरीबाट अनुसन्धान भइरहेको मैनालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!