दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला

रामेछाप अनलाइन रेडियो

काठमाडौँ । काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला हुने भएको छ ।

दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाइएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइ टीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

बालगोपालेश्वर मन्दिर दिनभर नै खुला हुनेछ । सर्वसाधरणले बिहानदेखि नै मन्दिरको दर्शन गर्न सक्नेछन् । मन्दिर दर्शनको चाँजोपाँजो काठमाडौँ महानगरको वातावरण विभागले गरेको प्रवक्ता मानन्धरले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!