समानुपातिक बन्दसूचीको अन्तिम नामावली प्रकाशन (सातै प्रदेशको सूचीसहित)

रामेछाप अनलाइन रेडियो

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पेश गरेको बन्दसूचीको अन्तिम नामावली प्रकाशन गरेको छ ।

आयोगको बन्दसूचीको अन्तिम नामावली प्रकाशन गर्ने कार्य तालिका अनुसार नै आज अन्तिम नामावली प्रकाशन गरेको हो । प्रतिनिधिसभातर्फको ११० सिटका लागि ४७ वटा राजनीतिक दलले बन्दसूची पेश गरेका थिए भने प्रदेशसभामा २२० सिटका लागि विभिन्न राजनीतिक दलले बन्दसूची पेश गरेका थिए ।

जसमा प्रदेश एकमा ३७, मधेश प्रदेशमा ४३, बागमती प्रदेशमा ४४, गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा ३५, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा २१ सिटका लागि विभिन्न राजनीतिक दलले बन्दसूची पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!