रोल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु

रामेछाप अनलाइन रेडियो

काठमाडौ । रोल्पाको सुलिचौरमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । लिवाङ – भालुवाङ सडक खण्डअन्तर्गत सुनीलस्मृति गाउँपालिका – ४ सेवाकेन्द्रबाट बुधबार गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्बरको जीप सडकबाट झण्डै १०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा दाङ घोराही उपमहानगरपालिका–६ का ५८ वर्षका विष्णु रिजाल र ६० वर्षका नारायण रिजाल तथा रोल्पा नगरपालिका–३ कि ५० वर्षकी फाम्सी केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

दुर्घटनामा १० जना घाइते भएका छन् । जसमध्ये ७ जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज पठाइएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!