गङाजमुना माईको मेला यहीँ कात्तिक १७ गते लाग्ने

रामेछाप अनलाइन रेडियो

काठमाडौ । गंगाजमुना गाउँपालिका फुलखर्क धादिङद्वारा ऐतिहासिक एंवम प्रसिद्ध पर्यटकीय जमुना मन्दिर परिसरमा हरिवोधनी एकादशीको अवसरमा गङाजमुना माई मेला आयोजना गरिएको छ।

गङाजमुना माई मेला यहीँ कातिक १७ गते हुने आयोजक गंगाजमुना गाउँ पालिका फुलखर्क वडा नम्बर ५ धादिङले जानकारी दिएको छ। उक्त मेला तथा कार्यक्रमका मुख्य आकर्षण स्थानीय झाक्रि लामा नाच मेन्दोमाया तामाङ सेलो लाखे नाच चउरी घोडा नाच सोरठी नाच भजनमण्डली पञ्चेबाजाको साथमा स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ।

उक्त गङाजमुना माईको मेलामा सम्पूर्ण भक्तजनहरुलाई उपस्थितिको लागि गङाजमुना गाउँपालिका हार्दिक अपिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!