चुनाव प्रचारमा बालबालिका प्रयोग नगर्न निर्वाचन आयोगको आग्रह

रामेछाप अनलाइन रेडियो

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा बालबालिकालाई सहभागी नगराउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

राजनीतिक दल, उम्मेदवार, भातृ संगठन आदिले जुलुस, आमसभा, कोण सभा वा भेला गर्दा पालना गर्नुपर्ने विषयहरु सार्वजनिक गर्दै आयोगले बालबालिका प्रयोग नगर्न भनेको छ । ‘बाजागाजा तथा झाँकीसहित जान नहुने, यस्ता कार्यक्रममा बालबालिकाको प्रयोग गर्न नहुने ।’ आयोगले भनेको छ ।

बिहान ७ देखि साँझ ७ बजेसम्म मात्र जुलुस, आमसभा, कोण सभा वा भेला गर्न र कम्तीमा चौबिस घण्टा अगावै स्थानीय प्रशासन र प्रहरीलाई मिति, समय, मार्ग र स्थानको बारेमा जानकारी गराउन आयोगले भनेको छ । घरदैलोमा जाँदा उम्मेदवारले २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने भनेर पनि आयोगले स्मरण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!