काठमाडौ । नेकपा एमाले दोलखाले मंसिर ४ को आम निर्वाचनका लागि जिल्लाको शक्ति विकेन्द्रीत गर्दै नौ ओटा स्थानीय तहको बेग्लाबेग्लै कमाण्ड बनाएर निर्वाचन परिचालनका लागि कमाण्डरहरु तोकेको छ ।
जसअनुसार भीमेश्वर नगरपालिकाको निर्वाचन परिचालनका लागि जिल्ला उपाध्यक्ष तथा प्रचार विभागका प्रमुख राजेन्द्र मानन्धर जिम्मेवारी दिएको छ ।
दोलखाको नौओटा पालिकाहरुमध्ये भीमेश्वरमा सबैभन्दा बढि २७ हजार ५ सय २ जना मतदाता रहेको छन् । त्यस्तै, तामाकोशी गाउँपालिकामा प्रदेश कमिटी सदस्य बसन्तराज कार्की, विगु गाउँपालिकामा प्रदेश कमिटी सदस्य कृष्ण भुजेल कमाण्डर तोकिएकाछन् ।
त्यस्तै, गौरीशंकर गाउँपालिकामा पालिका ईन्चार्ज स्वयमबहादुर खड्का र वैतेश्वर गाउँपालिकामा प्रदेश कमिटी सदस्य हर्कमान पाख्रीन, जिरी नगरपालिकामा पूर्व मेयर टंक जिरेल र मेलुङ गाउँपालिकामा धर्मेन्द्र मोक्तान चुनावी कमाण्डर तोकिएका छन् ।
त्यसैगरी, कालिञ्चोक गाउँपालिकामा कालिका पाठक, शैलुङ गाउँपालिकामा भरत प्रसाद दुलाल चुनावी कमाण्डर तोकिएको छन् । पालिका कमाण्डरहरुले प्रतिनिधिसभाका उम्मेद्वार बालकृष्ण शिबाकोटी, प्रदेश क का प्रदेशसभा उम्मेद्वार नरबहादुर श्रेष्ठ र प्रदेशसभा ख का प्रदेशसभा उम्मेद्वार भरतबहादुर केसीलाई विजयी बनाउने ‘मिसन’सहित सबै पालिकाहरुमा चुनावी तयारी बैठक र भेलालगायतका आन्तरिक तयारीका काम अगाडि बढि रहेको एमाले दोलखाले जनाएको छ।
एमाले दोलखाले पार्टीको जनवर्गीय संगठनहरुमा आवद्ध केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरुलाई पनि भूगोलमै केन्द्रीत गर्नेगरी तयारी रहेको छ ।
Discussion about this post