निर्वाचन आयोगले (एकीकृत समाजवादी)का अध्यक्ष नेपाललाई कारबाही गर्न निर्देशन दिएपछि नेकपा एसले दियो यस्तो प्रतिक्रिया

रामेछाप अनलाइन रेडियो

काठमाडौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न निर्वाचन आयोगले प्रहरीलाई दिएको निर्देशनप्रति पार्टीले आपत्ति जनाएको छ ।

एकीकृत समाजवादी (एस)का उपमहासचिव डा.विजय पौडेलले अध्यक्ष नेपालले स्पष्टीकरण नबुझाउँदै प्रहरीलाई कारबाही गर्न आयोगले दिएको निर्देशन लोकतन्त्र विपरीत भएको टिप्पणी गरेका छन् ।

“स्पष्टीकरण नबुझाउँदै कारबाहीको आदेश ? यो त ज्यादती भयो । आयोगको यो कदम लोकतन्त्रको विरुद्ध छ,” उनले ट्विटरमा भनेका छन् । आयोगले अध्यक्ष नेपालले सार्वजनिक अभिव्यक्ति मार्फत फ्री भिसा फ्री टिकटको प्रलोभन देखाएको भन्दै बिहीबार स्पष्टीकरण सोधेको छ भने कारबाही प्रक्रिया अघि बढाउन रौतहट प्रहरीलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!