आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने विष्णु पौडेलको दाबी

रामेछाप अनलाइन रेडियो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशभर एमालेको जनलहर चलेको भन्दै आगामी निर्वाचनमा बहुमत ल्याएर जित्ने दाबी गरेका छन्

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संठगनले रुपन्देहीमा गरेको भेलामा पौडेलले देशको विकास र समृद्धिका लागि एमाले नै चाहिने बताए । सडक, सिंचाई, शिक्षा, स्वास्थ्य र पूर्वाधारदेखि रोजगारीलाई समेत ध्यानमा राखेर एमालेले काम गरेको बताउँदै उनले तिनै कामले जनताले एमालेलाई रोज्ने दाबी गरे ।

उपाध्यक्ष पौडेलले लुम्बिनीलाई केन्द्रमा राखेर समग्र रुपन्देही र आसपासका क्षेत्रलाई विकासको रोलमोडल बनाउने गरी ड्रिम प्रोजेक्ट अगाडि सारेको बताउदै ती प्रोजेक्ट अहिले कार्यान्वयनको चरणमा पुगेको बताए । एमालेका सरकारले अघि सारेका योजनालाई सार्थक रुप दिन आगामी निर्वाचनमा एमालेले फराकिलो मतान्तरले जितेर सरकारमा आउने पनि दाबी गरे ।                                                                      रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका उपाध्यक्ष पौडेलले एमाले जनताको प्रिय पार्टी भएकाले सोही अनुसार मत आउने बताए ।                                               जादा जाँदै यो गित सुन्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!