रामेछाप । रामेछाप खानेपानी डिभिजन कार्यालयका इन्जिनियर २८ लाख घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा रामेछाप खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं -४ का इन्जिनियर (आठौ तह ) नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलिले उनीहरू दुबै जनलाई पक्राउ गरेको हो ।
अख्तियारको टोलीले इन्जिनियर सत्याल र प्लम्बर थापालाई मन्थली नगरपालिका–१ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको हो । उनीहरुबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
इन्छिन गाउँ लिफ्ट खानेपानी आयोजनाको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीबापत उनीहरूले उक्त रकम घुस लिएको अख्तियारले जनाएको छ। पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भैरहेको छ ।
Discussion about this post