काठमाडौं । नेकपा एमाले वाग्मती प्रदेश कमिटी सदस्य रत्न गौतमले माओवादीले आफ्नो जनयु’द्धको उद्गम थलो रामेछाप समेत गठबन्धनको नाममा कांग्रेसलाई छाडेर भागेको बताउनुभएको छ ।
आज वेथानको भूमिबाट उठेको माओवादी पैसाको लेनदेनमा कांग्रेसलाई टिकट बेचेर उसैलाई काँधमा बोकेर हिँडेको बताउनुभयो । ‘हिजो बगाएको रगत पसिना, कुटाई यही कांग्रेसलाई काँधमा बोक्नको लागि हो ?‘, नेकपा एमाले रामेछाप सुनापति गाउँ कमिटीको निर्वाचन परिचालन समिति घोषणा कार्यक्रममा बोल्दै उहाँले प्रश्न गर्नुभयो ।
सीमित दलालले माओवादी कार्यकर्ताको रगत र पसिना कांग्रेसलाई पैसामा बेचेको उहाँले बताउनुभयो । आज माओवादी नेता कांग्रेसँग मिले पनि भोलि आउने ठाउँ एमाले नै भएको उहाँले बताउनभयो । ‘भोलिको दिन माओवादी आउने एमालेसँग हो, एमाले जाने माओवादीसँगै हो, यो कुरा बुझ्नुस् एमालेमा भोट हाल्नुस्’, गौतमले भन्नुभयो ।
एमालेका कुनै पनि नेताहरूलाई कानेखुसी गरेर पार्टी बिगार्ने अधिकार नरहेको उहाँले बताउनुभयो । सबै नेता कार्यकर्ता पार्टीलाई अप्ठेरो परेको यो अवस्थामा एक भएर लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । गठबन्धन दुई ध्रुव भएको बताउँदै उनीहरू कहिल्यै पनि मिल्न नसक्ने उहाँले प्रष्ट पार्नुभयो । ‘उनीहरूले चुनाव जिते भने के होला ?’, गौतमले भन्नुभयो ।
देश र पार्टीको लागि हिजो ज्यान समेत दिएको स्मरण गराउँदै उहाँले आज आफ्नो तर्फबाट पार्टीलाई जे दिन सकिन्छ त्यही दिनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘यो पार्टीलाई नेपाली जनताको प्रिय पार्टी बनाउन सबै जना लागौँ’, उहाँले भन्नुभयो । -सनराइज खबर
Discussion about this post