सांसदले पाउने भत्ता बिपन्न परिवारको लागि खर्च गर्छु- कान्छाराम

रामेछाप । रामेछाप नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ कान्छारामले आफू सांसद भएपछि पाउने तलब भत्ता कमजोर आर्थिक अबस्था भई अफ्टेरोमा परेका परिवारलाई सहयोग गर्ने उदघोष गरेका छन् ।

लिखुतामाकोशी गाउँपालिका वडा नं ४ बिजुलीकोटमा मंगलबार आयोजित वडा सभामा आफ्नो भनाई राख्ने क्रममा उनले मंसिर ४ को निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि आफूले संसदबाट पाउने तलब भत्ता कमजोर आर्थिक अबस्था भई अफ्टेरोमा परेका परिवारलाई सहयोग गर्ने उदघोष गरेका हुन् ।
२०७४ को निर्वाचनमा थोरै मतले पराजित भएपनि त्यतिबेला जनताको घरमा गएर गरिएका बाचा आफ्नै खर्चमा पुरा गरेको स्मरण गर्दै मंसिर ४ मा निर्वाचित भएपछि सरकारको कोषबाट करोडौ रकम ल्याएर रामेछापको विकास गर्ने प्रतिबद्धता जनाए ।

प्रतिनिधि सभाका उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छाराम र रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार तारानारायण श्रेष्ठ सहितको टोली सोमबार देखि वडा तहको चुनाबी सभामा निस्केका छन् । जादा जाँदै यो गित सुन्नुहोस्

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!