आजको मौसम : देशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

रामेछाप अनलाइन रेडियो

काठमाडौं । देशको पहाडी भू–भागमा आज बिहान आंशिकदेखी सामान्य बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन् । मंगलबार दिउँसो भने देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ ।

त्यस्तै, बाँकी प्रदेशहरुमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू(भागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ ।
जादा जाँदै यो गित सुन्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!