रामेछाप दुर्घटना अपडेट : ४ जना मृतकको पहिचान खुल्यो

काठमाडौं । रामेछापमा शुक्रबार दिउँसो सुमो दुर्घटनामा परेर मृत्यु भएका पाँच जनामध्ये चारको पहिचान खुलेको छ।

दुर्घटनामा परि गोकुलगंगा गाउँपालिका ४ का वडाअध्यक्ष रामचन्द्र बस्नेत, रामेछापको मन्थली नगरपालिका–१० चिसापानीका ३५ वर्षीय हिराबहादुर कार्की, गोकुलगंगा–५ की ३० वर्षीय कविता कार्की र उनकी छोरी ७ वर्षीया स्वस्तीका खड्काको मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ ।

काठमाडौंबाट बेतालीतर्फ जाँदै गरेको ना १ ज ७१२३ नम्बरको फोर्स गाडी गोकुलगंगा गाउँपालिका-६ सिमलडाँडामा दुर्घटना भएको हो।

कास्कीको लेखनाथ नगरपालिकाका ४२ वर्षीया केशव शर्मा र गोकुलगंगा गाउँपालिका-४ बेतालीकी २७ वर्षीया सरस्वती कार्की घाइते भएका छन्। एक जना घाइतेको पहिचान खुलेको छैन। दुर्घटनामा घाइते भएका ३ जनालाई उपचारको लागि मन्थली पठाइएको छ। १४ सिटे फोर्स गाडीमा ८ जना सवार रहेका थिए ।

 

 

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading