रामेछापमा गाडी दुर्घटना हुँदा वडा अध्यक्ष सहित ५ जनाको मृत्यु

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा सवारी दुर्घटनामा परि वडाध्यक्ष सहित ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेत सहित ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । आज काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै गरेको ७१२३ नम्बरको सुमो गोकुलगंगाको वडा नम्बर ६ फर्पु जिरोकिलोबाट नमाडीतर्फ जाने बाटोमा सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर वडाध्यक्ष बस्नेतसहित अन्य पाँच जनाको घटनास्थलमै मृत्यु भएको रामेछापका डीएसपी प्रदीप सिंहले जानकारी दिनुभयो । मृत्यु हुनेमा २ पुरुष, २ जना महिला र एक बच्चा रहेको प्रहरीले जनाएको छ । गाडीमा ८ जना सवार थिए ।

अन्य तीन जनाको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ । गाडी सडकबाट करिब ३०० मिटर तल खसेकोथियो ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading