स्व: सत्यमोहन जोशीको शोकमा आज देशभर सार्वजनिक बिदा

रामेछाप अनलाइन रेडियो

काठमाडौं । सरकारले आज देशभरका सरकारी कार्यालयलगायत संघ संस्थाहरुलाई सर्वजनिक बिदा दिएको छ । वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा दिएको हो ।

गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जोशीको निधनको शोकमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, विदेशस्थित कुटनीतिक नियोगहरूमा १ कार्तिक मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

संस्कृतीविद जोशीको ललितपुरको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!