रामेछापका एकसहित ३ जना पक्राउ, ६५ लाख बढिको सामान बरामद

रामेछाप । रामेछापका एक सहित तीन जना पक्राउ परेका छन् । यार्सागुम्बा भन्दै नक्कली औषधी उत्पादन गर्ने गिरोहमा संलग्न रामेछापको दोरम्बा गाउँपालिका–२ का ३४ वर्षीय सुजन गौतम, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ का २७ वर्षीय सुजन खडका र ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७ का ४२ वर्षीय डिल्लीप्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।

गौतम र खड्कालाइ भक्तपुरको गठ्ठाघर र घिमिरेलाई ललितपुरको लुभुबाट पक्राउ गरिएको प्रहरीको कन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले जनाएको छ । उनीहरुले यार्सागुम्बाको नाममा स्वास्थ्यमा प्रतिकुल असर हुने विभिन्न नक्कली औषधी बेचेर ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकाहरुको साथबाट ठुलो मात्रामा औषधीजन्य भनिएका नक्कली सामानहरु बरामद भएको सिआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकाहरुको साथबाट ६५ लाख भन्दा बढिको सामान बरामद भएको छ ।

उनीहरुले हिमाली जडिबुटी भन्दै सामाजिक सञ्जालमार्फत विज्ञापन गरेर प्रति बट्टा २ हजारदेखि २५ सय सम्ममा सो नक्कली औषधी विक्रि गर्ने गरेको पाईएको सिआईबीले जनाएको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading