सर्वोच्चको बोर्डमा कालोमसी छ्यापेकी बिनु यादव पक्राउ

काठमाडौ । सर्वोच्च अदालतको बोर्डमा कालोमसी छ्याप्ने बिनु यादव पक्राउ परेकी छन्।

सरकारले महिला हिंसाविरुद्धको १६ दिने अभियान मनाइरहँदा प्रतिकारात्मक रुपमा सर्वोच्चको बोर्डमा कालोमसी छ्याप्ने यादवलाई प्रहरीले पक्राउ गरेको हो।‘कानुन पहुँचवालाको मात्र होइन्, सर्वोच्च अदालत दलाल बस्ने ठाउँ होइन’ भन्दै उनले विरोध गरेकी थिइन्।

यादवले यसअघि पनि सेतो सारी लगाएर सर्वोच्चमा रातो रंग छ्यापेकी थिइन्। बिनुकाे घर सिरहा हाे। उनी आफ्नो श्रीमानबाट हिंसामा परेको भन्दै न्यायका लागि संघर्षरत छिन्। उनले केही समयअघि रामेछाप जिल्ला अदालतको इजलासमै विष सेवन गरेर आत्महत्या प्रयाससमेत गरेकी थिइन्।

यादवले काका ससुरा पवन कठायतले आफूमाथि बलात्कार प्रयास गरेकोसमेत आरोप लगाएकी छन्। यादवको उजुरीमा प्रहरीले कठायतलाई पक्राउ गरे पनि पछि रिहा गरेको थियो।

यादवले श्रीमान प्रदीप कठायतबाट पनि आफू हिंसामा परेको तर राजनीतिक दवावका कारण मुद्दा दर्ता नगरिएको दावी गरेकी छन्। प्रहरी, प्रशासन, अदालत र नेताको आडमा आफूलाई न्यायबाट वञ्चित गरेकाे आराेप उनले लगाउँदै आएकी छन्।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading