रामेछापको विकास गर्न प्रतिबद्ध छुः प्रतिनिधि सभाका उम्मेदवार ढुंगेल

रामेछाप अनलाइन रेडियो

रामेछाप । नेकपा एमाले रामेछापबाट प्रतिनिधिसभाका उम्मेदवार कैलाश ढुंगेलले रामेछाप जिल्लाको विकास गर्न आफू प्रतिबद्ध भएर लाग्ने बताएका छन् । उनले विगतमा बागमती प्रदेशका अर्थमन्त्री भएर रामेछाप जिल्लाको विकासमा योगदान गरेको बताउदै आगामी निर्वाचनमा पनि रामेछापवासीले जिताउने विश्वास व्यक्त गरेका छन् ।

एमाले रामेछाप नगरपालिका कमिटीले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार ढुंगेलले विगतमा पनि मन्त्री भएर रामेछाप जिल्लामा सडक शिक्षा, खेलकुद खानेपानी, स्वास्थ्य लगायतको क्षेत्रमा महत्वपूर्ण काम भएको बताएका छन् । उनले भने,‘विगतमा सुरु गरेका केही काम पूरा गर्न बाँकी छ, प्रतिनिधिसभामा निर्वाचित भएर रामेछापको विकासमा योगदान दिन्छु ।’ यसैबीच् कार्यक्रममा रामेछाप नगर कमिटीले ४०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
जादा जाँदै यो गित पनि सुन्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!