रामेछाप । निरन्तरको वर्षाका कारण सडक भासिएर अवरुद्ध बनेको नेपालथोक–खुर्कोट सडक खण्ड पुनः सुचारु भएको छ ।
सुनकोसी नदीको कटानले बिपी राजमार्गको खुर्कोट नेपालथोक सडक खण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका ७ कान ढुङ्ग्री नजिक आइतबार बिहान भासिएको सडक नेपाली सेनाले डाइभर्सन निर्माण गरेर सञ्चालनमा ल्याएको हो।
सडक भासिएपछि उक्त खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने मुल्कोट-खुर्कोट सडक नेपाली सेनाले डाइभर्सन निर्माण गरेर वैकल्पिक रूपमा सञ्चलनमा ल्याएको प्रमुख जिल्ला अधिकारी लीला प्रसाद शर्माले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी शर्माले भने “सिन्धुलीमा रहेको नेपाली सेनाको भवानी बक्स गणका कर्णेल बद्री कुँवरको नेतृत्वमा डाइभर्सन निर्माण गरेका छौँ । हामी खुर्कोट देखि नेपालथोक सम्मको बाटो क्लियर गरेर त्यहाँ रहेका यात्रु तथा गाडीहरू सिन्धुलीतर्फ फर्काएर सुरक्षित रूपमा गन्तव्य पुर्याउन लागि परेका छौ ।”माईशिर
Discussion about this post