रामेछापमा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु ४ जना गम्भीर घाइते

रामेछाप । रामेछापमा बोलेरो गाडी दुर्घटना भएको छ । सदरमुकाम मन्थलीबाट सालु जाँदै गरेको डबल क्यापको बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् । स्थानीयका अनुसार मन्थलीबाट सालु जाँदै गरेको बा १८ च १८३९ नम्बरको बोलेर गाडी मन्थली नगरपालिका–५ सुनारपानी स्थित भदौरे डाँडा मोडबाट दुर्घटना हुँदा मन्थली नगरपालिका वडा नम्वर ४ सालुको वडा सदस्य पदममाया नेपालीको मृत्यु भएको हो ।

उनी मन्थली नगरपालिका–४ की दलित महिला सदस्य रहेको रामेछाप प्रहरीले जनाएको छ ।

घाईते मध्य दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी, प्रहरी निरिक्षक (ईन्स्पेक्टर) कौशल न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा परी घाइतेहरु सिता नेपाली , सुजिता रसाइली सरिता नेपाली , दिलिप कुमार बरुवाल ,गुण कुमार थापा मगर  घाइते भएको र अहिले  सदरमुकाम मन्थली स्थित विभिन्न अस्पतालहरूमा उपचार भैरहेको छ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading