रामेछापमा मन्दिरको घण्टीदेखि खसीसम्म चोरी ९ जना पक्राउ

रामेछाप । रामेछापमा चोरी गरेको आरोपमा नौं जना पक्राउ परेका छन् । रामेछाप प्रहरीले जिल्लाका विभिन्न स्थानमा खसी बोका, घरको भाँडाकुँडादेखि गरगहना तथा नगद समेत चोरी गरेको आरोपमा ९ जनालाई नियन्त्रणमा लिएको हो ।

जसअनुसार भाँडाकुँडा, गरगहना, नगद र मन्दिरमा चढाएको कलस र घण्टी चोरी गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका– १ को लालझाँडो घर भई मन्थलीको बसवपार्कमा बस्दै आएका ४५ वर्षीय राजकुमार विश्वकर्मा, मन्थली नगरपालिका–१ बसपार्कका ३४ वर्षीय हर्कबहादुर भुजेल र सिन्धुलीको तीनपाटन गाउँपालिका –२ भोमस्थानका ४५ वर्षीय नरेश लामा तामाङ रहेका छन् ।

उनीहरुले साउन ३१ गते राती मन्थली नगरपालिका–१ का विरबहादुर तामाङको घर फोडेका थिए ।यस्तै, फलामको ओखल, मुस्लो, फलामकै हाइड्रोलिक जग र फलामका टुक्राहरु तथा तामाको भाँडाहरु र चरेका थालहरु, काँसका डबकाहरु, तामाको दियो, नगद र विभिन्न कम्पनीको मोबाईहरु सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मन्थली नगरपालिका –१ रणजोर पुलनजिकै बस्दै आएकी ३५ वर्षीया बबिताकुमारी चौधरी र बाराको सिम्रौनगढ नगरपालिका –७ का २५ वर्षीय सुरेन्द्र मुखिया रहेका छन् ।

यसैगरी, खसीबोका चोरी गरेको आरोपमा सिन्धुलीका फिक्कल गाउँपालिका –२ का २७ वर्षीय गोपोलाल सुनुवार पक्राउ परेका छन् । उनले रामेछाप नगरपालिका–४ स्थित बिरबहादुर मगरको गोठबाट तीन वटा खसी चोरी गरेको रामेछाप प्रहरीले जनाएको छ ।

यसैगरी ओप्पो कम्पनीको मोबाइल, फोन र नगद चोरी गरेको आरोपमा सर्लाहीका बह्मापरो नगरपालिका –६ का ४० वर्षीय कुसुन कुमारो, सोही स्थानका १९ वर्षीया सुनिता कुमारो र भारतको विहार दोस्तिया थान–७ घर भएका ३२ वर्षीय तपेश्वर महता पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये पााच जनालाई जिल्ला अदालत रामेछापबाट चोरी मुद्धामा म्याद थप गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार खसीबोका देखि भाँडाकुँडा सम्म चोरी हुन थालेपछि पछिल्लो समय रामेछापमा थप प्रहरी निगरानी बढाइएको छ ।

प्रतिक्रिया

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा अपडेट

error: कृपया कपि गर्ने राम्रो होइन, कृपया आफै शृजना गर्नुहोस!

Discover more from रामेछाप दैनिक

Subscribe now to keep reading and get access to the full archive.

Continue reading